इजरायल, गाजा युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत — OSNepal

इजरायल, गाजा युद्धविरामको संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत

LC (KTM) August 08, 2022 0

संयुक्त राष्ट्रसङ्घ ,- संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्धविरामको स्वागत गर्नुभएको छ । महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताउनुभएको छ ।

उहाँले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरुको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गर्नुभएको थियो ।
प्यालेस्टीनियन इस्लामिक जिहाद, पिआइजे र अर्काे अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो । त्यसमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी मारिएका थिए ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्धविरामको स्वागत गर्दै आगामी दिनमा दुवै तर्फलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताउनुभएको जानकारी दिनुभयो ।उहाँले हिंसात्मक हमलाका घटनाहरु नहोउन भनेर दुवै तर्फबाट संयमता अपनाउन पनि सबैलाई आग्रह गर्नुभएको प्रवक्ता डुजारिकको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर