नेपाली कांग्रेस आगामी निर्वाचनमा देशभर तालमेल गर्ने पक्षमा — OSNepal

नेपाली कांग्रेस आगामी निर्वाचनमा देशभर तालमेल गर्ने पक्षमा

LC (KTM) August 08, 2022 0

काठमाडौं २३ साउन । नेपाली कांग्रेसका नेताहरु आगामी मंसिर ४ गते हुने चुनावमा देशभर तालमेल गर्नुपर्ने पक्षमा उभिएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरबहादुर देउवालले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका थिए ।

बालुवाटारमा बसेको बैठकमा नेताहरुले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्ने पक्षमा उभिएका हुन् ।

कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने भन्नेमा ध्यान दिनुपर्ने बैठकमा सहभागी एक नेताले बताए ।

सिट बाँडफाँटका लाग बनेको कार्यदलको बैठक अगावै आज कांग्रेसको पदाधिकारीको बैठक बसेको हो ।

सिट बाँडफाँट गर्दा २०७४ को चुनाव र वैशाख २०७९ मा भएको स्थानीय चुनावलाई आधार बनाउनुपर्ने नेताहरुले सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर