दलित समुदायका नागरिकको नागरिकतामा कुकुर्नी कमिनी , कुकुर कामी , कुत्ता वादी राख्ने हाकिमको हात भाच्ँनुपर्छ : राष्ट्रियसभा सदस्य — OSNepal

दलित समुदायका नागरिकको नागरिकतामा कुकुर्नी कमिनी , कुकुर कामी , कुत्ता वादी राख्ने हाकिमको हात भाच्ँनुपर्छ : राष्ट्रियसभा सदस्य

LC (KTM) August 08, 2022 0

काठमाडौं २३ साउन । राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले नागरिकता लिने क्रममा राखिने नाम सच्याउन माग गरेका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सुनारले दलित समुदायका नागरिकका नाम पशुका नामजस्तै राख्ने गरेकामा आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गरेका हुन् ।

मान्छेले मान्छेलाई कति विधिसम्म अपमान गर्दोरहेछ र गर्दै आइरहेको रहेछ भन्ने केही जिल्लाको नमूना तथ्य प्रस्तुत गर्छु ,दैलेखको दुल्लु नगरपालिका–१ निवासी कुलबहादुर वादीको नागरिकताको नामा फ्याउरे वादी ।’ सुनारले भने ।

मान्छेलाई फ्याउरे वादी नाम राखेर नागरिकता दिने हाकिम मेघनाथ उपाध्याय भएको
भन्दै उनले दैलेख नारायण नगरपालिका–१० का ६५ वर्षीय एक व्यक्तिको नाम नागरिकतामा सिंगाने कामी राखिएको जानकारी गराए ।

लेखकै तत्कालीन मेघलटोली गाउँ पञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा बनेको नागरिुकतामा ‘परिवारले नाम कविराम कामी भन्दाभन्दै कुकुर कामी भनेर लेखिदिएको प्रति आपत्ती जनाए ।

त्यसैगरी, दयाराम शर्माको सिफारिसमा रुकुमपश्चिमको आठवबस नगरपालिका– ३ का ६१ वर्षका एक व्यक्तिको नाम नागरिकतामा कुत्ता वादी राखिएको जानकारी गराए ।

बागलुङको ताराखोला गाउँपालिका–४ का हस्तबहादुर कामीको श्रीमती सावित्रीको नाम कुकुर्नी कमिनी राखिएको भन्दै उनले भने,‘के यस्तो पनि नागरिकता हुन्छ ?यस्तो पनि लेख्न मिल्छ ः ती हाकिमहरू, फटाहाहरु एकथरी मानिसलाई कति घृणा गर्न उद्यत हुँदारहेछन ? नागरिकता लिन जाँदा केरकार र सोधखोज गर्छन्, दूरदराजका जनताको नाम त्यस्तो लेख्न मिल्छ ?’।

अपमानपूर्वक नागरिकतामा सही गर्ने हाकिमको हात भाँच्नु पर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर