पतिसँग झगडा गरेर माइत भागेकी पत्निलाई फकाउन सरकारी कर्मचारीले मागे ३ दिनको विदा — OSNepal

पतिसँग झगडा गरेर माइत भागेकी पत्निलाई फकाउन सरकारी कर्मचारीले मागे ३ दिनको विदा

LC (KTM) August 08, 2022 0

काठमाडौं ।

भनिन्छ श्रीमान् श्रीमतीको झगडा परालको आगो हो ।

तर एक कर्मचारीले पत् िझगडा गरेर माइत गउको भन्दै
पत्नीलाई फर्काउन भन्दै सरकारी कर्मचारीले बिदा मागेका छन् । जुन निवेदन अहिले भाइरल बनिरहेको छ ।

खबर हो भारतको । भारतको उत्तर प्रदेशस्थित कानपुरमा शिक्षा अधिकृत पदमा कार्यरत शमशाद अहमद नामका ती कर्मचारीले माइत भागेकी श्रीमतीलाई फकाएर घर फर्काउनका लागि भन्दै अफिसमा छुट्टी मागे पनि यो खबर उनको कार्यलय हुँदै देश विदेशमा समेत भाइरल बनीरहेको छ ।

भारतको उत्तर प्रदेशस्थित कानपुरमा शिक्षा अधिकृत पदमा कार्यरत शमशाद अहमद नामका ती कर्मचारीले आफ्नी पत्नी बच्चाहरुलाई लिएर घरबाट भागेर माइती गएपछि उनी निकै तनावमा आएको निवेदनमा उल्लेख छ ।

उनले आफुलाई मानसिक रुपमा आघात पुगेको भन्दै आफु ससुराली गाउँ गएर पत्नीलाई फकाउनु र घर फर्काउनु परेको र त्यसका लागि ३ दिनका लागि जाने आउने विदा माग गररेका छन् । उनले अगष्ट ४ देखि ६ तारेखसम्मको विदा मागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर