कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔं : शिक्षामन्त्री पौडेल — OSNepal

कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाऔं : शिक्षामन्त्री पौडेल

LC (KTM) August 08, 2022 0

काठमाडौं २३ साउन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मेडिकल विषयका विद्यार्थीले चाहेको विषय पढ्न नपाएको गुनासो बढ्दै गएको बताएका छन् ।

सोमबार चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, स्वास्थ्य प्रतिष्ठान पदाधिकारी, विश्वविद्यालय पदाधिकारी र विश्वविद्यालय अनुदान आयोगका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री पौडेलले यस्तो जानकारी गराएका हुन् ।

नर्सिङ लगायतका विषयमा विद्यार्थीले चाहेअनुसार पढ्न नपाएको गुनासो गम्भिर रुपमा बढेको भन्दै मन्त्री पौडेलले कानुन संशोधन गरेरै भए पनि विदेश पढ्न जाने विद्यार्थीलाई नेपालमै पढ्ने वातावरण बनाउनु पर्ने बताएका छन् ।

मेडिकल शिक्षा एकै दिन दुई ‘सिफ्ट’मा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेटमा उल्लेख भएको जानकारी दिएका उनले सो नीति कार्यक्रम
कार्यान्वयन गर्न समेत निर्देशन दिएका छन् ।

‘दुई सिफ्टमा पढाउने नेपाल सरकारको नीति, कार्यक्रम र बजेटमा उल्लेख भएको छ, यसलाई कार्यान्वयन गरौं आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिका लागि अर्थ मन्त्रालयसँग बजेट मागौं।’ मन्त्री पौडेलले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर