नेपालको विकासमा आदिवासी जनजातिको भूमिका अग्रणी छ : प्रधानमन्त्री देउवा — OSNepal

नेपालको विकासमा आदिवासी जनजातिको भूमिका अग्रणी छ : प्रधानमन्त्री देउवा

LC (KTM) August 08, 2022 0

काठमाडौं २३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको हक र अधिकारको सुनिश्चितताका लागि सरकार सदैव प्रतिवद्ध रहेको स्पष्ट पारेका छन् ।

सोमबार २८ औं विश्व आदिवासी दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

सरकारले आदिवासी जनजातिको हितका लागि महत्वपूर्ण कार्य गर्दै बताएका देउवाले भाषा संस्कृतिको संवर्द्धन गर्ने कार्य आफ्नै नेतृत्व सरकारले गरेको पनि जानकारी गराए ।

समावेशीकरणको नीतिलाई प्राथमिकता दिइएको भन्दै देउवाले आदिवासी जनजातिको परम्परागत ज्ञान सिप र अनुभवलाई प्राथमिकता दिने नीति लिएको बताए ।

नेपाल बहुजाति बहुभाषी, बहुसांस्कृतिक मुलुक भएकाले विविधताभित्रको एकताले देश समृद्ध भएको देउवाको दावी छ ।

नेपालको विकासमा आदिवासी जनजातिको भूमिका अग्रणी रहेकाले आदिवासी जनजातिको परम्परागत ज्ञान सिप र अनुभवलाई प्राथमिकता दिने नीति लिइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर