बिदाको बहानामा १० हजार बढी सुब्बा आन्दोलनमा — OSNepal

बिदाको बहानामा १० हजार बढी सुब्बा आन्दोलनमा

LC (KTM) August 10, 2022 0

काठमाडौं । संघीय सरकारका १० हजारभन्दा बढी नायब सुब्बा मंगलबार एकाएक आन्दोलित हुँदा संघीय सरकार मातहतका सबै कार्यालय ठप्प भए । जसका कारण सेवाग्राहीले दुःखकष्ट भोग्न बाध्य भए ।

सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही ‘बिनासँचना कार्यालयले सेवा नदिएको’ भन्दै आक्रोशित बने । सिंहदरबारस्थित मन्त्रालयका काम काजसमेत सुब्बाको आन्दोलनका कारण ठप्प भएको हो ।

सुब्बा एकैपटक बिदामा मात्रै बसेनन्, सिंहदबारमा नाराबाजीसमेत गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालय गेटबाहिर उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरे ।

सुब्बाहरू एकैपटक आन्दोलनमा उत्रिएपछि देशभरका जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, यातायात, वैदेशिक रोजगार, श्रमलगायत कार्यालयका काम ठप्प भए । सेवाग्राही कार्यालयमा गएर त्यसै फर्कन बाध्य भएका थिए ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर