गैरकानुनी क्रियाकलापमा सहभागी १३३ विदेशी निष्काशित — OSNepal

गैरकानुनी क्रियाकलापमा सहभागी १३३ विदेशी निष्काशित

LC (KTM) August 10, 2022 0

काठमाडौं । सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानुनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरेको छ ।

अध्यागमन विभागका अनुसार २०७२ वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरूलाई निष्काशन गरिएको हो । नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी नागरिक रहेका छन् ।

गत वैशाखदेखि असारसम्मको अवधिमा सरकारले २५ जना चिनियाँ र १९ जना अमेरिकी नागरिकलाई देशबाट निष्काशन गर्ने निर्णय गरेको विभागले जनाएको छ ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

चिनियाँ र अमेरिकीपछि नेपालबाट निष्काशित हुनेमा तेस्रो ठूलो संख्या क्यानडेली र फेन्च नागरिक रहेका छन् । सो अवधिमा १०/१० जना क्यानडेली र फेन्च नागरिकलाई सरकारले निष्कासन गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर