दुबईमा दुर्घटनामा परेर अपाङ्गता भएकी मगरलाई दुर्गा प्रसाईंको पहलमा नेपाल ल्याइयो — OSNepal

दुबईमा दुर्घटनामा परेर अपाङ्गता भएकी मगरलाई दुर्गा प्रसाईंको पहलमा नेपाल ल्याइयो

LC (KTM) August 10, 2022 0

काठमाडौं ।

दुबईमा दुर्घटना भएकी जानकी थापा मगरलाई नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा दुर्घटनामा परेर अपाङ्गता भएकी उनलाई मंगलबार स्वदेश फर्काइएको हो ।

विगत सात वर्षदेखि दुबईको एक घरमा कार्यरत मगर दुर्घटनामा परेकी थिइन् ।कोमामा रहेकी मगरले स्वास्थ्यमा सुधार आएसँगै स्वदेश फकाइदिन दूतावासलाई आग्रह गर्दा पनि नटेरेपछि आफूले फर्काएको व्यवसायी दुर्गा प्रसाईंले बताएका छन् ।

प्रसाईंले मगरमात्र नभइ उनीसँगै दुबइस्थित एक घरको छतमा वर्षौंदेखि दिनरात गुजार्न बाध्य १० जना युवाहरूलाई स्वदेश फर्काउन पहल भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर