राष्ट्रपतिसहित पाँच विशिष्टको तलब बढ्यो — OSNepal

राष्ट्रपतिसहित पाँच विशिष्टको तलब बढ्यो

LC (KTM) August 10, 2022 0

काठमाडौं । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ ।प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण आर्याल (हाल अवकाश ) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री संघीय प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको तलब बढाउन आग्रह गरिएको छ ।

प्रतिवेदनमा राष्ट्रपतिको तलब दुई लाख ५० हजार , उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको १ लाख १० हजार, सभामुखको ९५ हजार र राष्ट्रियसभाका अध्यक्षको ९५ हजार कायम गर्न उपयुक्त हुने प्रस्ताव गरिएको छ ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

विशिष्ट पदाधिकारीको तलब, सुबिधासम्बन्धी प्रतिवेदन २०७९ सरकारका मुख्य सचिव शंकरदास वैरागीसमक्ष दुई दिनअघि बुझाइएको छ । प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर