कमेडिका राजा मानिने चर्चित भारतिय हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयघात — OSNepal

कमेडिका राजा मानिने चर्चित भारतिय हास्य कलाकार राजु श्रीवास्तवलाई हृदयघात

LC (KTM) August 10, 2022 0

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तव लाई हृदयघात भएको छ । हृदयघात भएपछि उनलाई दिल्लीको सरकारी अस्पताल एम्समा भर्ना गरिएको बताइउको छ ।

भारतमा कमेडीका राजा मानिने राजुलाई हास्य कलाकारहरुसँगै भारतीय राजनीतिक दलका ठूला नेतालाई भेट्न दिल्ली गएको बताइएको छ । राजु एक होटलको जिममा बुधबार बिहान कसरत गरिरहेका थिए ।

कसरतका क्रममा राजुलाई हृदयघात भएको हो । राजुको स्वास्थ्य अवस्थामा केही सुधार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्टेज शोबाट आफ्नो करियर सुरु गरेका राजु हास्य कलाकारका साथै उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष पनि हुन्। । उनले धेरै फिल्म र टिभी कार्यक्रममा काम गरिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर