प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपतिजीले नागरिकता विधेयक रोक्नुहुन्न : प्रचण्ड — OSNepal

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि राष्ट्रपतिजीले नागरिकता विधेयक रोक्नुहुन्न : प्रचण्ड

LC (KTM) August 10, 2022 0

काठमाडौं २५ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएको प्रति अशन्तुष्टि व्यक्त गरेका छन् ।

पाँच दिने जापान भ्रमण सकेर स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नागरिकता विधेयक प्रमाणीकरण हुन ढिलाइ भएका भन्दै अशन्तुष्टि व्यक्त गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको बताएका उनले भने , राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ ।

पहिलो पटक जापान गएको हो, के होला कसो होला आफुलाई लागेको भन्दै उनले तर धेरै राम्रो भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर