अन्तरविद्यालय इन्डोर क्रिकेट : वाई पोन्टिङ र पशुपति फाइनलमा — OSNepal

अन्तरविद्यालय इन्डोर क्रिकेट : वाई पोन्टिङ र पशुपति फाइनलमा

LC (KTM) August 10, 2022 0

इटहरी । इटहरी क्रिकेट एकेडमीको आयोजनामा सुनसरीमा जारी अन्तरविद्यालय इन्डोर क्रिकेट प्रतियोगिको फाइलमा वाई प्वाइटिङ र पशुपति स्कुल प्रवेश गरेका छन । आज भएको पहिलो सेमिफाइनलमा पशुपतिले लिटील पीस हेभनलाई १ विकेटले पराजित गरेको छ । दोस्रो सेमिफाइनलमा वाई प्वाइटिङले ग्रिन पीसलाई २६ रनले पराजित गरेको छ ।

यसअघि आजै भएको लिग चरणको खेलहरुमा वाई प्वाइटिङले मकालु, पशुपतिले एसओएस, लर्ड बुद्धले सुनसरी कृष्टल, स्केयर हर्टले माउन्ट मकालु र एसओएसले लर्ड बुद्धलाई पराजित गरेको थियो । सोमवार देखी जारी प्रतियोगिताको फाइनल भोलि (बिहीवार) हुनेछ ।

प्रतियोगिताको विजेता टोलीले मेडल, ट्रफी र प्रमाण पत्र पाउने तथा उत्कृष्ट ३५ खेलाडीहरुले इटहरी क्रिकेट एकेडमीले सम्बन्धित विद्यालयसँगको समन्वयमा नियमित प्रशिक्षण पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर