सत्ता गठवन्धनमा कांग्रेसबाहेक अन्य दलको औचित्य गोरखामा नभएको दावी गर्दै गोरखा २ बाट चुनाव लड्ने पाण्डेको घोषणा — OSNepal

सत्ता गठवन्धनमा कांग्रेसबाहेक अन्य दलको औचित्य गोरखामा नभएको दावी गर्दै गोरखा २ बाट चुनाव लड्ने पाण्डेको घोषणा

LC (KTM) August 11, 2022 0

काठमाडौं २६ साउन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।

बिहिबार गोरखामा भएको एक कार्यक्रममा नेता पाण्डेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गोरखा निर्वाचन क्षेत्र नम्वर २ बाट संघीय संसदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

गएको २०७४ सालको निर्वाचनमा डा। बाबुराम भट्टराईलाई सहयोग गरी जिताएको भन्दै अब पटक पटक अन्य पार्टीलाई भोट हाल्न स्क्ने अवस्था नआएको भन्दै यस पटक गोरखा २ कांग्रेसले लिने दावी गरे ।

‘२०७४ सालको निर्वाचनमा क्षेत्र नम्वर २ मा डा। बाबुराम भट्टराईलाई सहयोग गर्‍यौ, हामीले भोट हालेर उहाले जित्नुभयो र निर्वाचित भएर गएपछि उहाँले कांग्रेसप्रति गरेको व्यवहारले कार्यकर्ताको मन कुँडिएको छ ।’ उनले भने ।

सत्ता गठवन्धनमा रहेका अन्य दलको औचित्य गोरखामा नभएको बताएका उनले दुई वटा संघीय निर्वाचन क्षेत्रमध्ये एउटा कांग्रेस र अर्को माओवादीले लिने र चार वटा प्रदेश निर्वाचन क्षेत्र आधा आधा गर्ने बताए ।

संघीय निर्वाचन क्षेत्र नम्वर २ कांग्रेसले लिने र क्षेत्र नम्वर १ माओवादीलाई दिने गरी सहमति हुन सक्नेको भनाइ रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर