क्यामरूनका हजार सैन्य प्रशिक्षार्थी कै प्रमाणपत्र नक्कली — OSNepal

क्यामरूनका हजार सैन्य प्रशिक्षार्थी कै प्रमाणपत्र नक्कली

LC (KTM) August 13, 2022 0

याउन्डे। क्यामरुनमा सैन्य तालिम लिइरहेका झण्डै एक हजार प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली पाइएको छ ।उनीहरु सबैको प्रमाणपत्र रद्ध गरिएको रक्षा मन्त्री जोसेफ बेती असोमोले बिहीबार जानकारी दिनुभयो । उनीहरुलाई भ्रष्टाचार गरेको आरोपमा कारबाही हुने पनि उहाँले बताउनु भयो ।

सेनामा सन् २०२२ मा नयाँ भर्ना गर्नका लागि विज्ञापन आह्वान गरिएको र त्यसमा फाराम भरेर सैन्य तालिमका लागि छनौट भइ तालिम लिइरहेका मध्येकै व्यक्तिको प्रमाणपत्र नक्कली भेटिएको हो ।

क्यामरुनको सैनिकका प्रवक्ता सिरिल्ले सेर्ग अतोन्फाक गुएमोले यस्ता गलत कार्य गर्नेहरुलाई सैनिक निकायले स्विकार्न नसक्ने उल्लेख गर्नु भएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत् सैन्य निकायको इज्जत र निष्ठामा आँच नआउने तर्फ आफूहरु सधैँ उच्च सतर्क रहेको पनि बताउनु भएको छ ।उहाँका अनुसार मध्य अफ्रिकी मुलुक म्यामरुनमा सैन्य प्रशिक्षार्थीको प्रमाणपत्र नै नक्कली भेटिएको यो पहिलो पटक हो ।सिन्ह्वा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर