युवा बिगारेको भन्दै यि नायिका सलमान खान माथि यसरी खनिइन्



एजेन्सी– चर्चित बलिउड अभिनेता सलमान खानमार्थि युवा बिगारेको आरोप लगाइएको छ । उनलाई पाकिस्तानी कलाकार रबी पिर्जादाले युवा विगारेको आरोप लगाएकी हुन् ।

एक अन्तर्वार्ताको क्रममा रबीले सलमानले युवा बिगारेको तथा अझै त्यसमा पनि बलिउड फिल्मले अपराधलाई प्रोत्साहन दिएको बताएकी छिन् ।

बलिउडका हरेक फिल्म अपराधसँग सम्बन्धित हुने भएकाले यसले अपराधलाई प्रोत्साहन गरेको भन्दै बलिउड फिल्ममाथि नराम्रोसँग खनिएकी हुन् ।

अझै यसमा पनि सलमानमाथि बढी दोष लगाउदै रबीले सलमान खानको फिल्म बढी आपराधिक खालको हुने बताएकी छिन् ।

Comment