‘सन्त नेता कृष्णप्रसाद भट्टराईको सादा जीवन उच्च विचार ग्रहण भएन’



भक्तपुर, २० फागुन । नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई भट्टराईको सादा जीवन उच्च विचारलाई नेपाली नेताहरूले ग्रहण गर्न नसक्दा राजनीतिमा अवसरवाद, पैसा र पाखुरा हाबी भएको विचार व्यक्त गरिएको छ ।

भट्टराईको छैटौँ पुण्यतिथिका अवसरमा ‘काँग्रेस’ मासिक पत्रिकाले आज आयोजना गरेको विचारगोष्ठीमा काँग्रेसका युवा नेता मधु आचार्यले आफ्नो जीवनमा राजनीतिलाई अध्यात्म र हास्यरससँग जोड्न सक्नु भट्टराईको महान् विशेषता भएको बताउनुभयो ।

सांसद एवम् काँग्रेसका पूर्व केन्द्रीय सदस्य मनमोहन भट्टराईले एक वर्षको समयावधिमा संविधान निर्माण गरी निर्वाचन गराउन सक्नु उहाँको जीवनकालकै उत्कृष्ट कार्य भएको बताउँदै संविधानको कार्यान्वयनसँगै आवश्यकतानुसार संशोधन गरेर सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले किसुनजी जस्ता सादा जीवन र उच्च विचारका धनी सन्त नेता पाउनु कांँग्रेस र कांँग्रेसीका लागि गौरवको विषय भएको बताउनुभयो ।

Comment