यि हुन जेलभित्रका पढाइका ‘एडिक्ट’



काठमाडौं । १५ वर्ष जेल । पाँच लाख जरिबाना, २३ वर्षे ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरो लागि यो सामना गर्नुको विकल्प थिएन । माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो ’ टोलाइरहेका लक्ष्मण थापाले भने ।

२०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागपदार्थ बेचबिखनको अभियोगमा फैसला गर्दा थापाले पुर्पक्षमै लगभग साढे चार वर्ष कारागार जीवन बिताइसकेका थिए ।

लागुपदार्थ बेचबिखनको आरोपमा बानेश्वरबाट पक्राउ परेका लक्ष्मणको उमेर त्यतिबेला १९ वर्ष मात्र थियो । त्यसयता उनले जेलबाहिरको संसार देखेका छैनन । बानेश्वरका लक्ष्मण हुनेखाने परिवारका एक्ला छोरा हुन् । तीनै थापा अहिले पढाइका एडिक्ट नै भएका छन् ।

जेलभित्र पढन्ते भनेर चिनिन्छन उनी । जेलबाटै स्नातकदेखिको पढाइ अगाडि बढाएका लक्ष्मणले राजनीतिशास्त्र, इतिहास, ग्रामिण विकास र समाजशास्त्रमा स्नातकोत्तर गरिसकेका छन् । समाजशास्त्रमा शोधपत्र लेख्न बाँकी छ । यी सबै विषय उनले प्रथम श्रेणीमा नियमित पास गरेका हुन् । आजको अन्नपूर्ण पोस्टमा खवर छ ।

Comment