आजको रासिफल – बि.स.२०७३ फाल्गुन २३ गते । सोमबार । ईश्वी सन् २०१७ मार्च ०६ तारिख । नेपाल सम्बत् १९३७ ।



ओएसनेपाल, क्यालिफोर्निया, अमेरिका – बि.स.२०७३ फाल्गुन २३ गते । सोमबार । ईश्वी सन् २०१७ मार्च ०६ तारिख । नेपाल सम्बत् १९३७ । सौम्यनाम संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९३८ । फाल्गुन कृष्ण पक्ष । तिथि नवमी, ५२ घडि ४० पला । नक्षत्र मृगशिरा, ३७ घडि १५ पला । काठमाडौंमा सूर्योदय ०६ बजेर २५ मिनेट,सूर्यास्त बेलुका ०६ बजेर ०६ मिनेट जादा । दिनमान २९ घडी १३ पला । चन्द्ररासि बृष,बिहान १० बजेर ०६ मिनेट उप्रान्त मिथुन । होलिकाराम्भ,चिरस्वाहा,गोरखकालि पूजा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपानमा ध्यान दिनुहोला साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ । आन्तरिक यात्राको तय हँुनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हँुनेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । आफन्त,छिमेकि ,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ काम गर्दा ध्यान दिनुहोला ।
शुभ अंक — २,४ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुनेछन् । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुनेछन् । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ ।
शुभ अंक — २,५ शुभ दिशा — दक्षिण
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मिथुन (का,की,कू ,घ, ङ, छ ,के,को,हा) बिहानको समयमा बिदेश यात्रा तथा बिदेशसँग सम्बन्धित कामहरु हुनेछन् । राजनिति तथा सामाजिक क्षेत्रमा आज तपाईको सम्मान जनक उपस्थिति हुनेछ भने समाजको बिकासका लागि सकारात्मक आवाज उठान गर्ने अवसर जुर्नेछ । जनचाहाना अनुशार काम हुँने हुँनाले मान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सत्रु परास्त भएर जानेछन् भने प्रतिश्पर्धिहरु आफै किनारा लाग्नेछन् । तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुँने तथा तपाईको सुन्दर ब्यात्तित्वले अरुको मन आफुतिर आकर्षित गर्नेछ । वनभोज तथा मांगलिक सभा समारोभमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — दक्षिण
शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउने तथा औषधि उपचार खर्च बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ । तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । कुनै काम गर्दै हुनुहुन्छ भने बिहानिको समय उत्तम रहेको छ ।
शुभ अंक —४,८ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

सिहं (मा, मी, मू ,मे, मो, टा, टी, टू ,टे) बिहानिको समय राम्रो रहेकोले समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । मध्यान्ह्र पछिको समय त्यति राम्रो समय नभएकोले समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् ।
शुभ अंक — ५,९ शुभ दिशा — पुर्व
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) बिहानिको समय राम्रो रहेकोले मान सम्मान, ईज्जत, प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । मध्यान्ह्र पछि अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ ।
शुभ अंक —६,९ शुभ दिशा — पश्चिम
शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त) सामाजिक क्षेत्रमा गरिने काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ । थोरै लगानिबाट प्रशस्त आम्दानि हुनेछ भने साने प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँगको भेटघाटमा नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । शैक्षिक तथा धार्मिक यात्राको गतिलो सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । शैक्षिक क्षेत्र तथा व्यापार व्यावसायमा लगानि बढाई भनेजस्तो आम्दानि गर्न सकिनेछ ।
शुभ अंक — ३,७ शुभ दिशा — दक्षिण
शुभ रंग — सेतो कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हुनेछ । साझेदारि व्यावसायमा लगानि नवढाउँनु उचित हुनेछ किनकि साझेदारहरु बिच मनमुटाब सिर्जना हुन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा सन्तोषजनक प्रगति गर्न सकिनेछ । समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने समयमा काम सम्पन्न नहुँदा आर्थिक ब्याबस्थापन गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने हुनाले खानपानमा ध्यान दिनुहोला । यात्रा गर्दा ख्याल गर्नुहोला बाटामा बिभिन्न समस्याहरु आईलाग्नेछन् ।
शुभ अंक — ४,८ शुभ दिशा — उत्तर
शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय अन्य दिनभन्दा फस्टाएर जानेछ भने बिभिन्न अवसरहरुले पछ्याउने छन् । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुले लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । शुभ तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।
शुभ अंक — ३,५ शुभ दिशा — उत्तर
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानिको समय उत्तम रहेकोले परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । उत्पादित उद्योगमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ भने मध्यान्ह्रपछि बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हावि हुँनाले नतिजा उनिहरुकै पोल्टोमा जान सक्छ । व्यावसायमा नाफा कमाउँन हरुदिन भन्दा बढिनै संघर्ष गर्नुपर्नेछ भने लगानि बढाउँन केहि समय कुर्नु उपयुक्त हुनेछ । माया प्रेममा बिगतका यादहरुले सताउँने हुँदा दैनिक काम गर्न मन जानेछैन ।
शुभ अंक —२,६ शुभ दिशा — उत्तर
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

कुम्भ (गू ,गे,गो,सा,सी,सू,से,सो,दा) ठेक्का पट्टा तथा सरकारि निकाय सँग नजिक भएर गरिने कामहरु फस्टाएर जाने हुँनाले प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । आधुनिक कृषि,सहकारि तथा पशुपालन व्यावसाय लाई परिमार्जन तथा समय सापेक्ष आधुनिकिकरण गरि आम्दानि बढाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुनेछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।
शुभ अंक — ३,८ शुभ दिशा — पुर्व
शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल भएर जानेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निणय हरु तपाईकै पक्षमा हुनेछन् । जन सम्पर्क बढ्ने तथा दाजुभाई,छिमेकिबाट काममा भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ भने मध्यान्ह्रपछि सवारि साधन तथा घर जग्गा किन्दै हुनुहुन्छ भने ध्यान दिनुहोला गलत ब्याक्ति तथा बिचौलियाले फसाउन सक्छन् । निति निर्माण तहमा हुनुहुन्छ भने ख्याल गर्नुहोला तपाईको निर्णय सर्बत्र आलोचना हुनेछ । पढाई लेखाईमा अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमा सरहमा मानिस सँग छुटिनु पर्दा मन खिन्न हुनेछ ।
शुभ अंक —४,६ शुभ दिशा — पुर्व
शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिषी दुर्गा प्रसाद भण्डारी
नवयूग ज्योतिष परामर्श सेवा केन्द्र
चाबहिल, काठमाडौं
फोन न. ९८५११७८४५९

Comment