” जिन्दावाद मुर्दावाद”



हरि थापा
हत्या भयो जिन्दावाद मुर्दावाद
सत्ता चाहियो जिन्दावाद मुर्दावाद
रोजगार छैन जिन्दावाद मुर्दावाद
भष्टचार भयो जिन्दावाद मुर्दावाद
महाअभियोग लगाउ जिन्दावाद मुर्दावाद

मन्त्री चाहियो जिन्दावाद मुर्दावाद
राजदुत बनाउ जिन्दावाद मुर्दावाद
अाईजी बनाउ जिन्दावाद मुर्दावाद
नकक्ली डाक्टर जिन्दावाद मुर्दावाद
देश डुब्यो जिन्दावाद मुर्दावाद…

चोर्न देउ डाका बढाउ जिन्दावाद मुर्दावाद
गल्ति गरेका लाई छुट देउ जिन्दावाद मुर्दावाद
अनियमिततालाई वास्ताछैन जिन्दावाद मुर्दावाद
जेल हाल्न पाईदैन जिन्दावाद मुर्दावाद
राम्रो मान्छेलाइ काम गर्नदेउ जिन्दावाद मुर्दावाद

नशामा डुबेका मान्यहरु होसमा अाउने कोसिस गर,ठुला बडा ले जे गर्दा ,जे भन्दा पनि हुने हत्या गर्ने धन्दा बन्द गर
जनतालाई दुख दिने र सताउने पिडा थप्ने बढ्दै गयो प्रत्यक दिन
कोहि कसैलाई छैन यस्तो विचित्रको घिन,अझै
ठलो स्वरमा भन्ने गर्छन मुर्दावाद र जिन्दावाद

मुर्दावाद जिन्दाबाद भन्दा भन्दै
विति सक्यो दुई, तिन दशक
सुन्दर समृद्द भन्दा भन्दै जनताको सपना अाकाङक्षा ईच्छा चाहना गलि सक्यो
अब कति भन्ने हो यो मुर्दावाद र जिन्दावाद..

सत्ता चाहिनेलाई सत्ता हात परिसक्यो
जागिर चाहिनेलाई जागिर मिलिसक्यो
मन्त्री चाहिनेलाई मन्त्रीका विला लाईसके
सिहंदरबारमा फोटो टास्ने रहर पुर्याईसके
भने अब फेरि के को जिन्दावाद र मुर्दावाद

एक पटक हैन दुई पटक हैन पटक पटक कुर्सिमा बसिसके मोजमस्ती,देशविदेश धाईसके
जंगलबाट अाईकन सिहंदरबार पसिसके
अाफ्नै हातमा सत्ता लिई शासन पनि गरिसके
फेरि पनि उस्तै छ के हो मुर्दावाद र जिन्दावाद

साथी भाई मिलि जुली अाधा भाग लगाउछन
भाग पुरा भएन भनि अाफ्नै साथी भगाउछन
फेरि अर्को कोटा थपि अाफ्नो भाग मगाउछन
सधेै कोटा थप्दै जादा विपक्षी दलले दबाउछनँ कुरा मिल्दैन र सुरु हुन्छ जिन्दावाद र मुर्दावाद

देशको रङ्ग विरङ्ग सबै छ यहि देशको नारामा
उठिबासँ लगाई दिन्छन देशद्रोहीको पारामा
अाज हिड्दै गरेका छोरा भरे घर फर्कि जादैनन्
खै कहाँ छ सुरक्षा कहाँ छ समृद्दी र परिकल्पना कहिले सम्म भन्ने हो यो जिन्दावाद र मुर्दावाद

कहिले हुन्छ विधार्थी हत्या कहिले हुन्छ किसान
कहिले हुन्छ युवाअध्यक्ष कहिले हुन्छ सचिव
ति सबै नपाली हुन किन गर्छोै हत्या, कुर्सिको लोभमा परि कति गर्छोै सर्वसाधरणको हत्या कहिले रोक लगाउछोै यो जिन्दावाद मुर्दावाद

धेरै शक्ति तोप बारुद्द खेर गयो दाजुभाई लडेर
अाफ्नै दाई भाई चिन्न छाड्योै ठुला तिघ्रा बढेर
भाउजुको सिन्दुर पुछ्योैँ दाजु हत्या गरेर
चेलिवेटी रुवायोैँ तातो रगत खोला बगाएर
जिन्दावाद र मुर्दावाद भनि मारि छाड्योैँ भगाएर

सुन्दै शास रोकिने यो जिन्दावाद र मुर्दावाद
हत्या हिँसा,बलत्कार डाका फटाहा साम्यवाद
विभिन्न वादको नाम जोडी भयो ठुलो राष्ट्रघात
विश्वास गरेका हरुले नै गराई छाडे उठिवास कहिले सम्मभन्ने होला यो जिन्दावाद र मुर्दावाद

कहिले मिल्छोै पल्ला घरमा कहिले देख्छोै शत्रु
कहिले भन्छोै फटाहा डाकाँ कहिले भन्छोै मित्रु
अब भन को सत्रु को मित्रु किन देखाउछोै बानी
दाजुभाई छिमेकी लडाई किन बनाउदै छोै खरानी,कहिले सम्म चल्छ यो जिन्दा र मुर्दावाद

मार्ने जति सकि सक्योै छैन अब सत्रु
मिलि जुली अगाडी बढ सबलाई देख मित्रु
अाजै देखि छोड अब यो हत्या र हिंसा
नेपाल अामा रुदैछिन र भन्दैछिन सबै मेरा सन्तान होै बन्द गर यो जिन्दावाद र मुर्दावाद

कहिले हिमाल तराई कहिले पहाड बन्द
मुर्दावाद र जिन्दावादले शहर भयो दुर्गन्ध
मान्छे मारि हिड्दैछोै कसरी फेर्छोै शान्तिको सास,यस्तो गर्दै गयोैँ भने,नेताहरु हुदैन कहिल्यै स्वर्गमा बास,कहिले सम्म भन्छोै जिन्दा,मुर्दावाद

Comment