नेपाली तीर्थालु बोकेको बस भारतमा दुर्घटना



(एनपि न्यूज डटनेट) ०५ भदौ- भारत उत्तरप्रदेशको फिरोजावाद जिल्लामा नेपाली तीर्थयात्रु बोकेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । भारत प्रशासित जम्मु काश्मिरमा रहेको वैष्णोदेवीको मन्दिर जाँदै गरेको बस विहान दुर्घटना भएको हो ।

घाइतेहरुको जिल्ला अस्पताल फिरोजावादमा उपचार भइरहेको स्थानीय पत्रकार सन्तोष शुक्लले जनाएका छन् ।

Comment