भीम रावलको प्रश्न : गठबन्धनको निर्णय संविधानभन्दा माथि हुने भए किन राजतन्त्र समाप्त गरेको ? — OSNepal

भीम रावलको प्रश्न : गठबन्धनको निर्णय संविधानभन्दा माथि हुने भए किन राजतन्त्र समाप्त गरेको ?

LC (KTM) August 18, 2022 0

काठमाडौं २ भदौ । नेकपा एमालेका सांसद भीम रावलले गठबन्धनको निर्णय संविधानभन्दा माथि हुने भए किन राजतन्त्र समाप्त गरेको भन्दै आक्रोश पोखेका छन् ।

आज बसेको संसद बैठकमा सांसद रावलले बालुवाटारमा बसेर पाँच दलीय दलीय गठबन्धनले गरेको निर्णय संविधानभन्दा माथि हुन नसक्ने बताएका हुन् ।

रावलले बालुवाटारमा बसेर पाँच दलीय दलीय गठबन्धनले गरेको निर्णय संविधानभन्दा माथि हुन नहुने दावी गर्दै संविधानअनुसार चल्न सरकारलाई आग्रह गरे ।

‘कतिले नागरिकता पाएका छैनन् र कतिले नेपालको नागरिकता गैरकानूनी किसिमले पाएका छन्, त्यसको छानबिन गरौँ’, उनले भने ।

नसंख्याको राजनीतिबाट भविष्यमा नेपालको राजनीतिक अस्तित्वलाई धरापमा पार्ने मनशायबाट प्रेरित भएर विवाह गरेर अउने बित्तिकै नागरिकता दिन नहुने धारणा राखेका रावलले वास्तविक नागरिकले नागरिकता पाउने र विदेशीका लागि ढोका खुलै राख्ने कुरा मान्य नहुने बताए ।

नागरिकता जस्तो संवेदनशील विषय सांसदहरुले संशोधन हाल्दा र राष्ट्रपतिले पुनःविचारका लागि पठाउँदा समितिमा छलफल गर्न तयार नहुने कस्तो लोकतान्त्रिक अभ्यास भन्दै प्रश्न गरेका उनले गठबन्धनको निर्णय संविधानभन्दा माथि हुने भए किन राजतन्त्र समाप्त गरेको तर्क गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर