भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन दर्शकमाझ आउँदै, हुने छैनन् कृष्णा अभिषेक — OSNepal

भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन दर्शकमाझ आउँदै, हुने छैनन् कृष्णा अभिषेक

LC (KTM) August 22, 2022 0

मुम्बई, ६ भदौ:

भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन दर्शकमाझ आउने तयारीमा छ । नयाँ सिजनको तयारीसँगै कलाकारमा पनि फेरबदल भएको छ । अधिकांश नयाँ कलाकारको उपस्थिति रहने नयाँ सिजनमा कृष्णा अभिषेक भने यसपटक हुने छैनन् ।

कृष्णा अभिषेकले पनि यो कुराको पुष्टि गरेका छन् । ‘सम्झौताको विषयका कारण म नयाँ शोको हिस्सा हुने छैन’, उनले भनेका छन् ।

अर्की कलाकार भारती सिंह पनि नयाँ सिजनमा बढी सक्रिय हुने छैनन् । उनले आफू ‘सारेगामापा लिटिल च्याम्प्स ९’को होस्ट गरिरहेकाले कपिल शोमा धेरै समय दिन नसकेको खुलाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर