पूर्व न्यायाधीश कार्कीमाथि खनिए ओली - संविधान नै नबुझेका मान्छेले कसरी बीएल पास गरे ? — OSNepal

पूर्व न्यायाधीश कार्कीमाथि खनिए ओली – संविधान नै नबुझेका मान्छेले कसरी बीएल पास गरे ?

LC (KTM) August 22, 2022 0

काठमाडौं ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व न्यायाधीश बलराम केसीमाथि खनिएका छन् ।

सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले कांग्रेस भन्ने जात नै पूर्व न्यायाधीश भएर पनि वुद्धि ठेगानमा हुँदोरहेनछ कि क्या हो ? भन्दै प्रश्न गरेका छन् ।

राष्ट्रवादीमाथि अमर्यादित हमला गरेको भन्दै ओलीले संविधान बुझेकै रहेनछन्, कसरी बीएल पास गरे ? भन्दै प्रश्न गरे ।

यस्ता मान्छेले कसरी न्याय दिए होलान् भन्दै आक्रोश पोखेका ओलीले यसले संसदमाथि हमला भएको बताए । नागरिकता विधेयकका नाममा राजनीति भन्ने लेख लेखेको भन्दै ओली कार्कीमाथि खनिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर