धिरज मगरले चर्को पारिश्रीमक खोजेपछि ‘भगवत् गीता’ का लागि नयाँ हिरोको खोजीमा झरना थापा — OSNepal

धिरज मगरले चर्को पारिश्रीमक खोजेपछि ‘भगवत् गीता’ का लागि नयाँ हिरोको खोजीमा झरना थापा

LC (KTM) August 23, 2022 0

काठमाडौं:

एकपछि अर्को गर्दै नयाँ फिल्मको निर्देशनमा ब्यस्त छिन् अभिनेत्री झरना थापा ।

झरनाले अहिले ‘भगवत् गीता’ निर्देशन गर्न लागेकी छिन् । यसअघि सलिमान बानिया, अनमोल केसीसँग काम गरिसकेकी झरना यसपटक भने नयाँ हिरोको खोजीमा छिन् ।

कृष्ण जन्माष्टमीको दिन टिजर भिडियोमार्फत फिल्मको औपचारिक घोषणा गरेकी झरनाले अभिनेता धीरज मगरलाई प्रस्ताव गरिएको भएता पनि उनले चर्को पारिश्रमिक मागेका कारण उनलाई लिइएन ।

धिरजले चर्को पारश्रमिक डिमाण्ड गरेपनि उनीसँग कुराकानी भने भइरहेको निर्माण यूनिटले जनाएको छ । निर्माता सुनिलकुमार थापाका अनुसार सकेसम्म नयाँ हिरोलाई लिएर स्थापित गरौं भन्ने सोच हो ।

धिरजले चर्को पारिश्रमिक डिमाण्ड गरेपछि निर्माण यूनिट अहिले नयाँ हिरोको खोजीस्मा लागेको छ । दशैँसम्ममा फ्लोरमा जाने तयारी निर्माण यूनिटको छ । ‘भगवत् गीता’ जनकपुरमा छायांकन हुनेछ । जसमा मुख्य भूमिकामा झरना–सुनिल पुत्री सुहाना रहने छिन् । यसअघि पनी होमप्रोडक्सनकै दुईवटा फिल्ममा नै सुहानाले काम गरिसकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर