शान्ति प्रकृयालाई टुंग्याउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याइएको : मन्त्री शर्मा — OSNepal

शान्ति प्रकृयालाई टुंग्याउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याइएको : मन्त्री शर्मा

LC (KTM) August 23, 2022 0

काठमाडौं ७ भदौ । नुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्माले शान्ति प्रकृयालाई टुंग्याउन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक ल्याइएको जानकारी गराएका छन् । मंगलबार प्रतिनिधि सभामा विरोधको सूचनामाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले यस्तो जानकारी दिएका हुन् ।

शान्ति प्रकृयाका काम बाँकी नै भएकाले सबै राजनीतिक दललाई आग्रह गर्दै उनले संक्रमणकालीन न्यायलाई तार्किक निष्कर्षमा पुराउनका लागि विधेयकलाई सदनमा पेश गरिएको बताए ।

सातै प्रदेशमा सबै पीडित र नागरिक समाजसँग परामर्श,सरोकारवालाहरुसँग छलफल गरेर बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न विधेयक ल्याइएको उनले बताए ।

द्वन्द्वको समयमा भएका घटनाहरुलाई निर्क्यौल गरी शान्ति प्रकृया टुंग्याउन विधेयक ल्याइएको भन्दै मन्त्री शर्माले भने , ‘सामान्य समयमा,युद्ध नभएको बेलामा र युद्धको समयमा भएका मानव अधिकार उल्लंघनका घटनालाई एकै रुपमा लिन सकिँदैन ‘ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर