६९ वर्षीय वृद्धले एसईई परिक्षा दिँदै



ओएस नेपाल,काठमाडौँ, ६ चैत । पहिलो पटक सुरु भएको एसईई परीक्षामा स्याङ्जामा ६९ वर्षीय वृद्ध पनि सहभागी भएका छन् । यहाँको कालाभैरव उच्च माविमा अध्ययनरत ६९ वर्षीय दुर्गे कामी सिद्धार्थ माविमा एसईईको परीक्षा दिन पुगे ।

पहिलो दिन अंग्रेजीको परीक्षा रहेकाले पनि उनी कमजोर हुने विषय हो अंग्रेजी भन्दै परीक्षा हल पुगे । अभिभावकको उमेरको व्यक्ति परीक्षा हल पुग्दा अन्य परीक्षार्थीहरु कोही नाती नातिना लिएर आएको भनेर त्यति वास्ता गरेनन् । लुरु लुरु आफ्नो सिम्बल नम्बर हेरेर परीक्षा हलमा प्रवेश गरेका उनको साथमा कलम र स्केल थियो ।

बुढेसकालमा साहारा कोही नभई विरक्त लागेपछि आफूलाई व्यस्त राख्नको लागि आफ्ना नातिनातीना सरहका विद्यार्थीसँग विद्यालय जाने गरेपछि पहिलो पटक एसईईमा सहभागी बनेका उनले कक्षा तीन देखी नियमित बढ्दै आएका थिए ।

उमेरले नेटो काटिसकेता पनि घर परिवार र समाजबाट कुनै किसिमको साहारा नपाएपछि समय विताउने माध्यमको रुपमा पढाई रोजेको उनी स्वयं बताउँछन् । फेदीखोला-३ देउराली घर भएका दुर्गे कामी ४ छोरा, २ छोरी र ९ नातिनातीनाकाका हजुरवुवा बनिसकेका छन भने दुर्गेकी श्रीमती १५ वर्ष पहिले नै बितेकी हुन् ।

[its_video]https://youtu.be/ALoLXbOhtis[/its_video]

Comment