मेयर बालेन साहले शक्तिको दुरुपयोग गरे, घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारे : उद्योग वाणिज्य संघ — OSNepal

मेयर बालेन साहले शक्तिको दुरुपयोग गरे, घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारे : उद्योग वाणिज्य संघ

LC (KTM) August 25, 2022 0

काठमाडौं ९ भदौ । व्यापारीहरुको संस्था काठमाडौं उद्योग वाणिज्य संघले महानगरका मेयर बालेन साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ । महानगरले अवैध रुपमा संरचना भत्काउन सुरु गरेपछि साना व्यापारीहरु मर्कामा परेको भन्दै संघले गम्भीर आपत्ति जनाएको हो ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले घरधनी र महानगर बीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको भन्दै उनले मेहर साहलाई प्रश्न गरे, ‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो ?

‘जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरे, आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?’

दशैंको मुखैमा भएको यो अभियानले व्यवसायी माथि अन्याय भएको भन्दै उनले संघको आपतकालीन बैठक बोलाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर