निर्वाचन आयोगविरुद्ध कमल थापा अदालत जाने — OSNepal

निर्वाचन आयोगविरुद्ध कमल थापा अदालत जाने

LC (KTM) August 26, 2022 0

काठमाडौं १० भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले चुनाव चिन्ह्र छान्न पाउने राजनैतिक दलको अधिकारमाथि निर्वाचन आयोगले बदनियत देखाएको बताएका छन् ।

राप्रपा नेपालले पटकपटक ‘गाई’चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिएको अध्यक्ष थापाले बताएका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता थापाले सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिएको बताएका हुन् । आयोगको यस्तो स्वेच्छारीता विरुद्ध न्यायको निम्ति आफुहरु अदालत जाने समेत आयोगलाई थापाले चेतावनी दिएका छन् ।

उनले लेखेका छन् , ‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो।राप्रपा नेपालले पटकपटक ‘गाई’चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ।आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर