धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा अध्यक्ष प्रचण्ड सहभागी हुने — OSNepal

धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा अध्यक्ष प्रचण्ड सहभागी हुने

LC (KTM) August 26, 2022 0

काठमाडौं १० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् ।

शुक्रबार धरान पुगेका अध्यक्ष प्रचण्डले जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी भएपछि मेयरको साम्पाङको वृक्षारोपण अभियानमा सहभागी हुन लागेका हुन् ।

धरानका उपमेयर आइन्द्रविक्रम बेघाले अध्यक्ष प्रचण्डले सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षारोपण कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिएका हुन् ।

केहि दिन अघि काठमाडौं आएका साम्पाङले अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर