बर्दियामा हुने राप्रपाको बृहत् आमसभामा लिङदेन, रावल र नेतृ रेखा थापा आउने — OSNepal

बर्दियामा हुने राप्रपाको बृहत् आमसभामा लिङदेन, रावल र नेतृ रेखा थापा आउने

LC (KTM) August 26, 2022 0

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीले बर्दियामा यही भदौ २० गते बृहत् आमसभाको आयोजना गरेको छ ।युवा नेता विनय रावल कांग्रेस परित्याग गरी राप्रपा प्रवेश गरे सँगै अहिले बर्दियामा राप्रपाका नेता तथा कार्यकर्ताहरू उत्साहित देखिएका छन ।

विकास प्रेमी तथा समाजसेवी युवा नेताको परिचय बनाउनुभएका रावलले लामो समयदेखि बेटर एण्ड ब्राइटर बर्दियाको अवधारणालाई अभियानको रूपमा अगाडि बढाइरहेका छन ।

बर्दिया र बर्दियालीको सर्वाङ्गीण विकासका लागि कृषि, पर्यटनलाई बढावा दिँदै जैविक विविधताको संरक्षण गर्दै युवालाई स्वरोजगार गराउनुपर्छ भन्ने महत्वाकाङ्क्षी तर स्वावलम्बी वृहत योजना रावलले अगाडि सरेका छन ।

दुरदर्शी र प्रभावशाली नेताको पहिचान बनाएका रावलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा बर्दिया–२ बाट चुनाव लड्ने घोषणा गरेका छन ।रावलले भदौ २० गते हुने बर्दियाको आमसभामा अध्यक्ष राजेन्द्र लिङदेन, प्रवक्ता ज्ञानेन्द्र शाही, पूर्व गभर्नर डा. तिलक रावल, नेतृ रेखा थापालगायतको उपस्थिति हुने बताए ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेशको कार्यक्रम समेत राखिएको उनले बताए ।रावलले उक्त आमसभामा सहभागिताको लागि बर्दियाका आम जनसमुदायमा अपिलसमेत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर