सेयर बजार १७ अंकले ओरालाे — OSNepal

सेयर बजार १७ अंकले ओरालाे

LC (KTM) August 26, 2022 0

काठमाडौं ,१० भदौ ;

सेयर बजार साताकाे काराेबारकाे अन्तिम दिन शुक्रबार १६.९३ अंकले ओरालाे लागेकाे छ । शुक्रबार २ घण्टामात्र खुलेकाे सेयर बजार खुलेकाे थियाे । याे समयमा ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२२.६२ अंकमा झरेको हो ।

शुक्रबार २१३ कम्पनीका ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपियाँ बराबरको कारबार भएको हो ।

समग्रमा बजार घटे पनि आज जीवन बीमा समूह भने ३४.११ अंकले बढेको छ । बाँकी समूह राताम्मे भए । निर्जीवन बिमा समूह सबैभन्दा बढी ५६.७९ अंकले घटेको हो ।

नेप्सेका अनुसार आज एनलाईसी नेपालको सेयर मूल्य सबैभन्दा बढी ५.९५ प्रतिशतले बढेको छ भने पञ्चकन्या माई हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ४.८८ प्रतिशतले नाफा कमाएका छन् ।

हिमाल दोलखा हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोढ ६८ लाख ६१ हजार ५ सय ४६.३० रुपियाँ बराबरको कारोबार भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर