आमाले हजुरआमा कुटेको भिडियो लुकी लुकी खिचेर बाहिर ल्याइदिने ११ वर्षीय बालकलाई कानुनमन्त्री र प्रहरीको सम्मान — OSNepal

आमाले हजुरआमा कुटेको भिडियो लुकी लुकी खिचेर बाहिर ल्याइदिने ११ वर्षीय बालकलाई कानुनमन्त्री र प्रहरीको सम्मान

LC (KTM) August 26, 2022 0

धनगढी । अछाम प्रहरीले सासुमाथि बुहारीले कुटपिट गरेको घटना बाहिर ल्याउने ११ वर्षीय बालकलाई सम्मान गरेको छ ।भिडियो मोबाइलमा कैद गरेर बाहिर ल्याउने उनका ११ वर्षीय नातीलाई जिल्ला प्रहरी कार्यालयले सम्मान गरेको हो ।

पारिवारिक हिंसालाई भिडियोमा खिचेर बाहिर ल्याएर दोषीलाई कानुनी दायरामा उभ्याउने काममा सहयोग गरेकाले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टले बताए ।

बालकलाई सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा। रणबहादुर रावलले उनलाई फूलमाला, दोसल्ला र सम्मान पत्र दिँदै सम्मान गरेका थिए । उनी सासु कुटेको आरोपमा पक्राउ परेकी देवसरा न्यौपानेका छोरा हुन् ।

उनले देवसरासहितका दुई जनाले जैसरालाई कोठाभित्र थुनेर कुटपिट गरिरहेको अवस्थामा लुकेर भिडियो बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर