प्रकाशनपुर्व नै रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ पुस्तकलाई १५ लाख रुपैयाँ बराबरको 'स्पोन्सर' — OSNepal

प्रकाशनपुर्व नै रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ पुस्तकलाई १५ लाख रुपैयाँ बराबरको ‘स्पोन्सर’

LC (KTM) August 26, 2022 0

काठमाडौं १० भदौ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई पुस्तक ‘विचारभन्दा माथि देश’का लागि स्पोन्सर’ प्रापत भएको छ ।

दुई सातापछि प्रकाशन हुने सो पुस्तक नेता मिश्रले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई बाँड्ने भएका छन् ।

हिन्दू–बौद्ध राष्ट्र र राजतन्त्रको पक्षमा खुल्दै आएका मिश्रले उक्त किताब काठमाडौं–१ का घर-घरमा बाँड्ने लक्ष्य लिएको भन्दै उनले हिजो मात्रै फेसबुकमा केही किताब स्पोन्सर गरिदिन शुभेच्छुकलाई आह्वान गरेका थिए ।

स्पोन्सर गरिदिन शुभेच्छुकलाई आह्वान गरेको २४ घन्टाभित्रै एकै व्यक्तिले १ हजार प्रतिसम्म स्पोन्सरको प्रतिबद्धता जनाएको उनले जानकारी गराएका छन् ।

हालसम्म उनलाई १५ लाख रुपैयाँ बराबरको स्पोन्सर भइसकेको छ । यो रकमले उनले अब ५ हजार प्रति पुस्तक निःशुल्क वितरण गर्न सक्ने भएका छन् ।

किताब प्रकाशनपूर्व नै यति ठूलो रकम स्पोन्सर भएको नेपाली साहित्य इतिहासमा नै नयाँ घटना हो ।

यस पुस्तकको मूल्य ४५० रुपैयाँ तोकिएको छ ।त्यसमा लेखकले पाउने १५० रुपैयाँ छुट कटाउँदा मिश्रका लागि ३०० रुपैयाँ मूल्य पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर