७५ हजार घुस लिदा लिदै इन्जीनियर रंगेहात समातिए — OSNepal

७५ हजार घुस लिदा लिदै इन्जीनियर रंगेहात समातिए

LC (KTM) August 27, 2022 0

काठमाडौँ ।

सब इञ्जिनियर अमलेश कुमार मिकलम ७५ हजार घुस लिँदा लिँदै समातिएका छन् ।

तत्कालिन समयमा शिक्षा विकाश तथा समन्वय इकाई स्याङ्जामा कार्यरत सब इञ्जिनियर अमलेश कुमार उक्त रकम सहित सिमातिएका हुन् । तत्कालिन समयमा यी इीञ्जनियर राष्ट्रिय पुननिर्माण प्राधिकरणमा कार्यरत थिए ।

त्यसपछि पछिल्लो पटक पुर्न निर्माण प्राधिकरण नरहेपछि उनी शिक्षा विकाश तथा समन्वय इकाई स्याङ्जामा कार्यरत रहे । उनी शिक्षा विकाश तथा समन्वय इकाई स्याङ्जामा कार्यरत रहँदा उनले त्यहाँ बनिरहेको राधाकृष्ण आधारभूत बिद्यालयमा बनिरहेको ४ कोठे भवनमा सुरु देखि नै १ लाख रुपैयाँको डिल गरिरहेका थिए ।

उनको शिक्षा विकाश तथा समन्वय इकाई स्याङ्जामा समय सकिन्छ । उनको करार अवधी थप नभएको कुरा उनले कसैलाई थाहा नै नदिई पैसाको बार्गेनिगं गरि नै रहे ।

भवनको अन्तिम किस्ता सकिएपछि आँफुलाई १ लाख चाहिने कुरा दोहोर्याईरहेका उनलाई पोखराको गण्डकी टेलिभिजनका लोकप्रिय संचारकर्मी अपिल त्रिपाठीको पहलमा पक्राउ गर्न प्रहरी सफल भयो ।

निर्माण समितका सदस्य भिम रानासँग सब इञ्जिनियर अमलेश कुमार मिकलमले पैसा डिल गर्दै बार्गेनिगं गरेको अडियोदेखि उनीसँग गरिएको कुराकानी र प्रहरीले उनलाई हिरासतमा लिँदासम्मको दृश्य हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर