'काठमाडौं मल' नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास — OSNepal

‘काठमाडौं मल’ नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास

LC (KTM) August 28, 2022 0

सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ । महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ ।

भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो । राजधानीदैनिकमा प्रकाशित छ ।

महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ । गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर