हेर्नुहोस् यति काम गरियो भने सर्पको टोकाइबाट सजिलै बच्न सकिन्छ — OSNepal

हेर्नुहोस् यति काम गरियो भने सर्पको टोकाइबाट सजिलै बच्न सकिन्छ

LC (KTM) August 28, 2022 0

गर्मी सुरुभएपछि धेरै मानिसले अकालमा सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् । विषालु सर्पको टोकाइबाट विशेषगरी तराई क्षेत्र का मािनसले ज्यान गुमाउन बाध्य छन् ।सर्पदंश नेपालमा जनस्वास्थ्यका लागि ठूलो समस्याको रूपमा रहेको छ । यसको समयमै निक्योल हुन नसके आँउदो वर्षहरुमा पनि सपैले टोकेर अकालमा ज्यान गुमाउनु पर्ने हुन्छ ।त्यसैले सर्पको टोकाइबाट हामी आँफैपनि सचेत हुन पर्छ ।

जस्तै हामी राति अँध्यारोमा हिँड्दा सजग हुनुपर्छ । सकभर बत्ती बालेर वा लौरो टेकेर हिँड्नुपर्छ । भुइँमा सकभर नसुत्ने र सुतेमा अनिवार्य झुल लगाउने बानी गनुपर्छ । सर्प हुन सक्ने ठाउँबारे बालबालिकालाई सचेत गराउनुपर्छ । त्यस्तै, बिषालु सर्पको टोकाइबाट हुन सक्ने समस्याबारे जानकारी दिएमा यसबाट बँच्न सकिन्छ ।

घर तथा खेल मैदानवरिपरि सफा राख्ने तथा झाडी, ढुंगा, हिलो तथा पातको थुप्रो बनाए राख्नु हुँदैन सजले सर्प बसेको थाहा नहोस ढुंगा वा कुनै वस्तु थुपारेर राखेको ठाउँमा काम गर्दा सजग हुन पर्छ ।

त्यस्तै यदि सर्पले टोकी हालेमा सर्बप्रथम बिरामीलाई शान्त पर्ने काम गर्नुपर्छ । बिरामीलाई सजिलोगरी सुताइ टोकेको ठाउँवरिपरि प्रेसर ब्यान्डेज लगाउने
घाउ बढी नचलाउने । टोकेको ठाउँमा रबर वा डोरीले कडा गरी बाँध्नुहुँदैन, ताकि रक्तसञ्चारमा अवरोध नआओस् ।सकेसम्म छिटो स्वास्थ्य संस्थामा लैजानुपर्छ । बिरामी सम्हालिन गाह्रो हुने भएकाले साथीसँग जानु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर