राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र — OSNepal

राष्ट्रियसभामा नागरिकता विधेयक पुनर्विचारसम्बन्धी पत्र

LC (KTM) August 28, 2022 0

काठमाडौँ, १२ भदौ -राष्ट्रियसभामा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ ।राष्ट्रियसभाको आजको बैठकमा सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको हो ।

यसैगरी बैठकमा सचिव फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधनन) विधेयक २०७९’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी पनि गराउनुभएको थियो । राष्ट्रियसभाको अर्काे बैठक आजै केहीबेरमा पुनः बस्नेछ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर