राष्ट्रपतिबाट फिर्ता पठाएको नागरिकता विधेयक विधान समितिमा पठाइयो — OSNepal

राष्ट्रपतिबाट फिर्ता पठाएको नागरिकता विधेयक विधान समितिमा पठाइयो

LC (KTM) August 28, 2022 0

काठमाडौं १२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देश सहित फिर्ता पठाएको नागरिकता विधेयकमाथि सरकारले विषयगत समितिमा छलफल गराउने भएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता नागरिकता विधेयकलाई पुनर्विचारका लागि विधायन समितिमा पठाउने प्रस्ताव गरेका हुन् ।

प्रतिनिधि सभाको बैठकबाट हुबहु पारित भएको उक्त विधेयक आज बसेको राष्ट्रिय सभामा टेबल गरिएको हो । अब राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ दिउँसो ३ बजे बस्ने भएको छ ।

आजको राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयकका सम्बन्धमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर