लेखक युग पाठकले ओलीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने — OSNepal

लेखक युग पाठकले ओलीको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने

LC (KTM) August 28, 2022 0

काठमाडौं –

एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्रबाट लेखक युग पाठक चुनाव लड्ने भएका छन् । चुनाव लड्नका लागि निकटस्थहरुसँग छलफल अघि बढाएको बताइएको छ ।

पाठकले चुनाव लड्नेबारे निरन्तर छलफल भइरहेको र छिट्टै नयाँ वैचारिक प्रस्तावनासहित उम्मेदवारी घोषणा गर्ने बताइएको छ ।

स्थानीय नेता युक्त भेटवालदेखि माओवादी केन्द्रबाट झापा क्षेत्र नम्बर ५ मा दाबी प्रस्तुत गर्दै आएका रञ्जित तामाङलगायतसँग निरन्तर छलफल गर्ने बताइएको छ । उनले चुनाव लड्नका लागि गठबन्धनको सहयोग खोजेको बताइएको छ ।

झापा–५ एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर