रियल मड्रिड र बार्सिलोनाको जित — OSNepal

रियल मड्रिड र बार्सिलोनाको जित

LC (KTM) August 29, 2022 0

काठमाडौं, १३ भदौ –

कप्तान करिम बेन्जेमाको दुई गोलप्रेरित रियल मड्रिडले स्पेनिस ला लिगामा तेस्रो खेलसम्म जित यात्रा कायम राखेको छ । आइतबार राति भएको खेलमा साविकको विजेता रियलले स्पानियोललाई ३-१ ले हरायो ।

शीर्ष स्थानको रियलको तीन खेलमा ९ अंक छ । समान खेलमा दोस्रो स्थानको रियाल बेटिसको पनि समान ९ अंक छ । तेस्रो स्थानको बार्सिलोना र चौथो स्थानको भियारियालको समान सात अंक छ ।

१२औं मिनेटमा भिनिसियस जुनियरले गरेको गोलमा रियालले अग्रता लिएको थियो । ४३औं मिनेटमा जोसेलुले स्पानियोललाई खेलमा फर्काएका थिए । खेल सकिन दुई मिनेट बाँकी रहँदा बेन्जेमाले रियललाई पुनः अग्रता दिलाएका थिए ।

इन्जुरी समयको १०औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियलको जित यात्रालाई निरन्तरता दिएका थिए । रियलले आगामी शनिबार रियल बेटिसको सामना गर्नेछ ।त्यस्तै बार्सिलोनाले रियाल भालाडोलिडलाई ४-० ले हरायो । घरेलु मैदानमा बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरे भने पेड्री र रोबर्टोले समान एक गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर