त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई सभामुखको रुलिङ — OSNepal

त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई सभामुखको रुलिङ

LC (KTM) August 29, 2022 0

काठमाडौं १३ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले तत्काल त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्र्न रुलिङको माग गरेपछि सभामुख सापकोटाले तत्काल त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका हुन् ।

त्रिविको समस्या समाधान सुरु नभएसम्म बैठक चल्न नसक्ने भन्दै एमालेका सांसहरुले बैठकमा उठेर विरोध जनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर