तनहुँ १ बाट आगामी निर्वाचनमा उम्मेदवार आकांक्षी देखाएका रामचन्द्र पौडेलले दिए आवेदन — OSNepal

तनहुँ १ बाट आगामी निर्वाचनमा उम्मेदवार आकांक्षी देखाएका रामचन्द्र पौडेलले दिए आवेदन

LC (KTM) August 29, 2022 0

काठमाडौं १३ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ बाट आगामी निर्वाचनमा उम्मेदवार दिने भएका छन् ।

नेता पौडेलले आज उम्मेदवार बन्नका लागि आवेदन पेश समेत गरेका छन् ।
कांग्रेस तनहुँले संघीय र प्रदेश सभा सदस्यमा उम्मेदवार दिने उम्मेदवारहरुको लागि आज सोमबार बाट नाम दर्ता खुल्ला गरेको छ ।

तनहुँको पार्टी कार्यालयमा पुगी नेता पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।केन्द्रीय सदस्य गोविन्द भट्टराईले र समानुपातिकतर्फ दलितमा यमुना खड्का विकले नाम दर्ता गराएकी छन् ।

तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ प्रत्यक्षमा रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ) र सरिता गुरुङले नाम दर्ता गरेका छन् ।

त्यसैगरी, समानुपातिकतर्फ कल्पना पोख्रेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, सहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेलले नाम दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर