आगामी निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालय सहमत — OSNepal

आगामी निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालय सहमत

LC (KTM) August 29, 2022 0

काठमाडौं १३ भदौ । आगामी निर्वाचनको लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गरिने भएको छ ।

यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरी भर्ना लिन अर्थमन्त्रालय सहमत भएको हो ।

यस विषयमा आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको हो । अर्थ मन्त्रालयले सहमति दिएसँगै प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाएर म्यादी प्रहरीका लागि दरखास्त आह्वान गर्ने कानुनी व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर