जबरजस्ती करणी उद्योगका फरार अभयुक्त तीन वर्षपछि पक्राउ — OSNepal

जबरजस्ती करणी उद्योगका फरार अभयुक्त तीन वर्षपछि पक्राउ

LC (KTM) August 29, 2022 0

किमाथाङ्का-जबरजस्ती करणी उद्योगका फरार अभयुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।

पन्ध्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बुलाई उच्च अदालत विराटनगर धनकुटाले १८ वर्ष कैद सजाय गर्न आदेश दिएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिनुभयो । उच्च अदालत विराटनगर धनकुटा इजलासका न्यायाधीश गणेश ठाकुर र छुर्पा तामाङको २०७८ मङ्सिर २९ गते इजलासले १८ वर्ष कैद सजायसँगै पीडितले पाउने गरी कसुरदारबाट रु १५ हजार जरिवाना भराउन आदेश दिएको थियो । पक्राउ परेका लिम्बुलाई प्रहरीले आज जिल्ला अदालमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर