तीजले एकतावद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा : अध्यक्ष ओली — OSNepal

तीजले एकतावद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा : अध्यक्ष ओली

LC (KTM) August 30, 2022 0

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सहिष्ण्ुाता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज तीज र गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले तीजलाई महिलाले आफ्नो पीडालाई अभिव्यक्त गर्ने पर्वका रुपमा लिने गरेको उल्लेख गर्नुभयो । समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न पार्टीले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन स्वच्छता र पारदर्शिताको आन्दोलनलाई सफल बनाउन महिला दिदीबहिनीको बलियो साथ रहने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

“समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न एमालेले निर्धारण गरेको समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा मुलुकलाई पु¥याउन आवश्यक छ”, अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ, “हामी स्पष्ट नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना तथा आवधिक लक्ष्यसहित अघि बढिरहेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर