डुम्रेबाट दमौलीतर्फ जान्दै गरेको ट्रक पल्टियो, राजमार्ग अवरुद्ध — OSNepal

डुम्रेबाट दमौलीतर्फ जान्दै गरेको ट्रक पल्टियो, राजमार्ग अवरुद्ध

LC (KTM) August 31, 2022 0

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक सडकको बीच भागमै पल्टिएको हो ।

ट्रक पल्टिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा सडकमा सवारीसाधनको लाइन लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । वैकल्पिक मार्गबाट सवारीसाधनलाई वारपार गराउने काम भइरहेको प्रहरीले जनाएको छ । क्रेनको सहायताबाट ट्रकलाई हटाएपछि मात्र पूर्णरूपमा राजमार्गमा सञ्चालन आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर