तीजको नाच हेर्ने क्रममा युवाहरूबीच झडप हुँदा २४ वर्षीय रोशनको मृत्यु — OSNepal

तीजको नाच हेर्ने क्रममा युवाहरूबीच झडप हुँदा २४ वर्षीय रोशनको मृत्यु

LC (KTM) August 31, 2022 0

सुर्खेत-सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ । तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

“स्थानीयसँग सोधपुछ गर्दा दुई समूहबीच झडप हुँदा जिसीको मृत्यु भएको बुझिन आएको छ, अनुसन्धान हुँदैछ”, उहाँले भन्नुभयो, “मृतकको टाउकोमा गम्भीर चोट छ, घटनामा संलग्नको पहिचान र खोजी जारी छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर