“कसले सुन्ने नागरिकको पिडा !



हरि थापा
जता ततै चर्चा छ नयाँ नेपाल,नयाँ नेपाल अब त जनमासमा एक किसिमको ईरिटेड वाक्क दिक्क पनि भईसकेको छ जताततै वेतिथी अमितव्ययिताका कारण श्रृजना हुन पुगेका तथ्यहरुले पनि पुर्ण रुपमा निराशा बनाईसकेको छ यो स्वभाविक पनि हो।

अनि त्यसो भए यो तपाई हामी बुरुकबुरुक उफ्रिदै नयाँ नेपाल भन्नुको अर्थ के रह्यो नयाँ नेपाल चाहिएको होईन ब्यबस्था नयाँ चाहिएको हो शुसासन चाहिएको हो नेपाल हिजो जस्तो छ अाज नी त्यस्तै हुने छ र भोली पनि उस्तै हुनेछ ।अहिले को अाबश्यकता वेतिथीहरुको अन्त्य र नितिनियमको कार्यन्वयन गर्नु हो ।तर न कुनै मितव्ययिता,चलखेलको अन्त्य हुने लक्षण देखिन्छ न त वेतिथी नितिनियमको पालना त्यसो भए यसको जिम्मेवार सरकार र संमबन्धित निकाय उत्तरदायि हुनु पर्छ की पर्दैन?
नागरिकको पिडालाई महशुस गर्नुपर्छ की पर्दैन? अनि जनमासमा भ्रम मात्र किन छर्ने?

दुई बर्षमा तिन वटा सरकार परिवर्तन भयो तर हो हल्ला गर्नु बाहेक माँखो मारेन यो जनताले मुल्याङकन गरेको कुरा हो विभिन्न बाहनामा जनतालाई तडपाईरहेका छन कहिले छिमेकी नाकाबन्दी कहिले देश भित्रकै झमेला लुछाछिपी अनि कहिले पाउछन जनताले शान्तीको सास फेर्न?

वैशाख २९ कालो दिन बनेर अाएपछि अाम जनताको सपना टुक्रियो तन मन धन सबै टुक्रियो बास बस्ने घर भत्कियो त्यस पछि त विचल्नी भयो नाबालक छोराछोरी वृद्दा अामाबुबा हजुरअामा हजुर बा हरुको को त महाविचल्नी भयो ।

जेनतेन बर्खाभरि प्लाष्टिकले थेग्यो हिउँद लागेपछि राहत अाउँछ रे! बनाउँला भन्दै अाशैअासमा वर्षा काटियो । जोडसँग हावाहुरी चल्दा अलि जोडले पानी पर्दा चारवटा किला गाडेर टागेको प्लाष्टिक अनि केहि छोपछाप पार्ने रुखका हागाँ कुन वेला उडाएर लग्ने हो टुङ्गो हुदैन्थ्यो ।

भुकम्प गएको केहि दिन मै राहत वितरणका कुराहरु भए राजधानी अासपास र केहि स्थानहरुमा पहुच हुनेहरुले चिउरा दालमोट चाउचाउ सम्म बाड्न भ्याए होला तर पहाडी जिल्लाहरुमा कसरी कहाँ बाट पुग्नु पहाडी जिल्लामा कसको अाखा पुग्दो रहेछ र?हात खुट्टा भाच्चिएर छटपटाईरहदा पनि स्वास्थ्य सेवा पाउन नसकेर धेरै पिडितले मृत्यु अंगाले। केन्द्रिय स्थरमा पहुच राख्ने मान्यहरु राजधानी छाड्दैनन् बाकी केहि जान्ने बुझ्नेहरु बोल्न सक्नेहरुले अलि अलि पाए क्यारे ! तर बोल्न नसक्नेहरुले त न माग्न सक्छन टुलुटुलु हेर्यो अावाजविहिन भएर बस्यो।

गएको वर्षको दशैँअघि सरकारले पहिलो किस्ताको रकम वापत ५० हजार दिने भन्ने हल्ला सुनेको थियोैँ तर त्यो भन्नेले भने सुन्नेले सुने कुरा त्यतिकै टुङ्गियो। न राहत अायो हल्ला नै हल्लामा कुरा सकियो गाई-भैंसी बाँध्ने गोठमा अहिले भुकम्प पिडितहरु रात विताउन बाध्य छन । घर कहिले बन्ने हो थाहा छैन सरकारकले सल्लाह गर्दा गर्दै कति पटक मन्त्री भए तिनवटा सरकार परिवर्तन भयो नयाँ नयाँ मन्त्री बने देखिने गरि काम सिन्को भाचेनन् विवादमा मुछिए अन्तत:हात्ती अायो हात्तीअायो फुस्सा एकरत्ती केहि भएन हामी सानो मान्छेलाई ठुला ठुला कुरा गरे गए..

भएको घर भत्किएर खाद्यान्न र कपडा नभएका, परिवारका सदस्य गुमाएका, जीवित भएकाहरु पनि अगंभग भएका परिवारको हालत यो दुई वर्षसम्म कस्तो भएको होला ?मरेर जानेले बरु जिते बाच्नेहरु मरेर पनि बाचिरहेका छन।

मोैसमअनुसार पटक पटक को चिसो तातो अाधीवेरी संग युद्द गरिरहेका छन ति गरिवहरु पिडितहरु कसरी बाँचिरहेका होलान् ?यस विषयमा संम्बन्धित सरोकारवाला हरुको ध्यान किन नगएको होला ?अहँ यस विषयमा अलिकति पनि लचकता पटकै छैन उनिहरुको ध्यान अन्तै तिर छ विभिन्न बाहनामा समय खेर फालिरहेका छन ति निर्दोश आत्माले के भन्दो हो ?

यसबारे सरकारवाला निकायहरु के सोँच्दो हो ?कति निर्दयी है हाम्रो सरकार!विदेशमा केहि घटना भएको चोैविस घण्टा भित्र गासँ बासँ कपासको ब्यबस्था गरिन्छ हाम्रो मुलुकमा दुई वर्ष वित्दा पनि अत्तोपत्तो छैन ।

जापान भुकम्पको केन्द्रविन्दु हो कहिल्यै सुन्नु भएको छ जापनको जनताको गुनासो सरकारले गर्नु पर्ने दायित्व पुरा गरिहाल्छ?कहिल्यै विवादमा पर्दैन् किनकी जापनले नितिनियमलाई राम्ररी पालना गर्छ।जुन देशमा नितिनियमको पालना हुन्छ त्यहाँ हतपती समस्या र विवाद हुदै हुदैन भई हाले पनि यथासिघ्र समाधान हुन्छ।

भुकम्प पछि गाउँमा ज-जसका घर बस्न योग्य थिएनन्,ध्वस्त भएका थिए ती सबैले क्षतिपूर्तिको पहिलो,दोश्रो कुनै पनि किस्ताको रकम पाएनन् । इञ्जिनियरले कसरी मूल्यांकन गरे, थाहा भएन जो पिडित थिए उनिहरु को पहुच थिएन अावाजविहिन भए तर जो पिडित थिएनन् टाठोबाठो उनिहरुले के गरि राहत पाए भगवान जानुन तर उनिहरु पिडित भने होईनन कहाँ हुन सक्यो न्याए देखिने गरि अनिमियतता गरेरै छाडे जसको शक्ति उसकै भक्ति भने जस्तो भयो।

प्राधिकरणका ईन्जिनियरहरुले किटानी गरेका बाहेकका घरहरु पनि क्षति भएका छन तर तिनिहरुको नाम छुटाए विभिन्न बाहना बनाए कारण खोजे अन्तत: न पिडित कार्ड बन्यो न त राहत पाए यति ठुलो चलखेल भयो त्यस्तेै विवादमा फसिरहे।

अाजकल मिडियाहरुमा सुन्न देख्न पाईन्छ विभिन्न ठाउँमा भएका अनियमितता हरु पत्ता लागेका छन धादिङबेसी तिर पिडित नभएकाहरुले लिएको रकम पनि फिर्ता गरेको समचारहरु बाहिर अाए तर पनि अनिमियतता हुन छाडेन।

सरकारले दिएको पहिलो दोश्रो किस्ता कतिले पाए पाएनन् त्यसको कुनै अनुगमन छैन मनपरि बाडेका छन पिडितले पाउन पर्ने रकम गैरपिडितले खाईदिएका छन यो त गैरपिडितहरुले पनि बुझिदिन पर्ने हो नी! तिन तिन वटा सरकार फेरिदा पनि जनताको समस्या जस्ताको तस्तै छन कति कठ्याङ्ग्रिएर मरे हामीमा के मानवता छ र? समृद्दिका कुरा गर्छोै?

धुर्रमुस सुन्तली एउटा सामान्य कलाकारले दुई तिन ठाउमा बस्ति बनाईसके सरकारलाई चुनोैती दिदै काम गरिरहेका छन भने सरकारी निकायहरु मस्त निन्द्रमा परेका छन,दिन दिनै भाडभैलो रडाको मच्चाएर बसेका छन बाडफाडमा ब्यस्त छन यहि पाराले कहिले बन्ला जनताको घर?कहिले होला मनमा शान्ती अब त सोच्ने हो की? चोैबिसवटा महिना वित्दा पनि त्यो जोस जागर ईच्छाशक्ति अहँ कहि कतै देखिएन त्यो ईच्छा शक्ति भएको भए अाज पुननिर्माणको काम सकिन्थ्यो तर कसैले चासो नदिदा नागरिकले झनै कष्टकर जिवन विताउन बाध्य भएका छन।

जब सुशील कोइराला कार्यकारी प्रमुख/ प्रधानमन्त्री थिए दुर्भाग्यवस भुकम्प गएको हो,सुशीलजीले तुरुन्त राहतका कार्यक्रम अघि बढाउन निर्देशन दिए पनि कति पीडितले कसरी राहत पाएन, पत्तो भएन । त्यसपछि आएका केपी ओलीले पनि कोइरालाको भनाइ शिरोपर गर्दै भूकम्प पीडितलाई क्षतिपूर्ति दिने सरकारको पहिलो प्राथमिकता भएको बताए भुकम्पकै लागि बनेको यो सरकार भन्न पछि परेनन् तर यो पनि यस्तै कुरा गर्दागर्दै कार्ययोजना सुनाउदा सुनाउदै ओली सरकार ढल्यो जनता यता न उता भए राहतमा संकलन भएको राहतस्वरुपमा हजारोैँ हजार क्विईण्टल चामल खाल्डो खनेर सहमतीमा गाडे जनता टुलुटुलु हेरिरहे ।

जब चामाल खाल्डो खनेर गाडे सबैले चर्को अालोचना गरे तातोछारो धुलोपनि उडाएन कुरा त्यतिकै अस्तायो यो पाटीले उ पाटीले बाड्ने भन्दा भन्दै अाखिरमा चामल सबैले मिलेर गाडे यिनिहरुलाई अभिमानी भन्ने की स्वाभिमानी कमसे कम जनताको घर बन्न नसके पनि संकलन भएको राहत वितरण गर्दिएको भए अलिकति विश्वासको पात्र बन्न सक्थे अाफु पनि नगर्ने अरुलाई पनि गर्ने नदिने दुष्ट अाचरणले जनताले दुख पाएका हुन।

ओलीपछि प्रधानमन्त्री बनेका प्रचण्डले पनि अघिल्ला प्रधानमन्त्रीले जस्तै त्यहि कुरा दोहोर्‍याउन छाडेनन् । आफू प्रधानमन्त्री भएको ४५ दिनभित्र पहिलो किस्ताको रकम दिइसक्ने, दोस्रो किस्तामा अघिल्लो सरकारले घोषणा गरेको भन्दा बढी रकम दिने घोषणा गरे । प्रचण्डले त झन पहाडमा हेलिकप्टरबाट भएपनि बाड्ने जसरी पनि बाड्ने जनताको मरिसकेको अाशा पनि जगाईदिएका थिए तर फेरि पनि उस्तै भयो अाशा देखाएर नदिनु भन्दा त अाश नदेखाएको भए उत्तम हुन्थ्यो तर दिने भनेर नदिदा मनहरु फेरि टुटे नागरिकले चोट माथी चोट पाए!

भुकम्प गए पछि धेरैको पेशा जागिरनै के कति धनजनको क्षति भयो त्यसको यकिन डेटा निकाल्नको लागि खटाईयो तर अहँ दुई बर्ष सम्म दिने कुरा छाडदिम अझै कति डेटा अाकडा निकाल्न सकेको छैन महिना दिन मा सक्ने काम दुई वर्ष वित्दा पनि यो मुलुकमा पुरा हुन सकेन यसको अध्ययन चासो विदेशीहरुले पनि हेरिरहेका छन बरु विदेशी समचार मा नेपाल क्विक भिकट्रिम रिस्क गोईङ ईन टु द डेब्ट भनेर छापिएको थियो दुख पोखेको थियो विदेशीले पिडाको मशसुस गरेका थिए तर हाम्रो राजनितिक दलहरुको सम्झोैता सहकार्य हुन नसक्दा अाम नागरिकले दुख पाए विदेशी राष्ट्रहरुले करोडोैँ डलर दिने घोषणा गरेका थिए तर दलहरुको भागबण्डा प्रवृती देख्दा देश विदेश सबै वाक दिक भएछन त्यसपछि कहिल्यै भुकम्पको समचार छापिएन…

भूकम्पपछि पीडितहरुले गर्मी र वर्षायामको कष्ट त्रिपाल प्लाष्टिक स्याउलाको गोठमा विताए । जाडोमा त त्रिपालमा बस्नु पर्दैन भन्ने आश्वासन पीडितले नपाएका होइनन्,ढुक्क भए तर त्यो जाडो जेनतेन त्यत्तिकै काट्नुपर्‍यो । सक्नेहरुले तुषारो र ठिही खेपे । नसक्ने कतिपयले कठ्याङ्गि्रँदै ज्यान गुमाए । यस्ता घटनाले हाम्रो सरकार र संम्बन्धित निकायलाई अहँ कहिल्यै छोएन् उनिहरुलाई यो बिषय समान्य लागिरहेको हुन सक्छ!

जब सम्म पिडितको झुप्रोमा गएर दुई रात कटाउदैनन तब सम्म पिडितको समस्या पहिल्याउन सक्दैनन अहिलेको माहोल नै यस्तै छ बुझ्नेले बुच पचाउछन नबुझ्नेले बुझे जस्तो गर्छन अनि यत्रतत्र कुरामा अल्झिदै यस्ता झिना मसिना कुरा लाई पाखाँ लगाउछन ।

पहुच हुने नेता र नेताको अासेपासेहरु विदेशमा उपचार गराउने पैसा दिन कुनै कार्यविधि चाहिँदैन । तर, जनतालाई राहत र सेवा-सुविधा दिने कुरा सधैं प्रक्रियाको निति नियम र कानुनमा झुण्ड्याउने गर्छन सबै अाफ्ना छन जनता मात्र पराई यस्तै भईरहेको छ यहाँ राष्ट्रपति देखि सांसद सम्म प्रधानमन्त्री देखि मन्त्री र न्यायधिस सम्म कुनै नितिनियम विना चेक काटेर दिने हैसियत राख्ने नेताहरु जनताको मामिलामा पछाडी हट्छन यसको मतलब जनताको सुख हेर्न चाहदैनन भन्न सकिन्छ।विभिन्न असहमतिको बाहना बाजीमा दिन बिताईरहेका छन जब कार्यकाल सकिन लाग्छ चोखो बन्न मरिमेट्छन संस्कार नै भएको छ अझै कति वर्षसम्म भूकम्पपीडितहरु यही हालतमा रहने हुन् कुनै निश्चित छैन…

वास्तावमा सहमती कहिले होला के यो संम्भव छ जहिल्यै विरोध प्रदर्शनमा लागेका नेताहरु को कहिल्य होला सहमती कस्तो होला त्यो सहमती कति सजिलै टार्न सक्छन सोझा साझा जनतालाई,यदि कठालो समाउने अाँट जनताले राख्थे भने रातरात काम हुन्थ्यो होला जब सम्म लडिदैन अधिकार खोजिदैन यो देशमा कुनै समृद्दि शुसासन अाउनेवाला छैन त्यसैले शुसासान ल्याउन जनताले जोड दिनुपर्छ अनि हुन्छ शुसासन हुनसक्छ ।अर्कैले गर्देला खाउला भन्यो भने बाह्र बर्ष सम्म समस्या यथावत रहने छ जस्ताको तस्तै हुनेछ परिवर्तनको प पनि हुने छैन यो अाम नागरिकले ख्याल गर्नुपर्छ यो हाम्रो दायित्व पनि हो।

नेतालाई जस्तो संक्रमणकाल हास्य कलाकार जोडी धुर्मुस र सुन्तलीलाई पनि थियो होला । तर, उनीहरुले सरकारलाई समेत लाज लाग्ने गरी सिन्धुपाल्चाकको गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माण गरेर चौतर्फी वाहवाही कमाए । आफू कस्सिँदै देशविदेशमा सहयोगका हात फैलाएर के-कति गर्न सकिन्छ, उनीहरुले कुनै कसर बाँकी राखेनन् ।

उनीहरुको लगन र सफलताले देखाउँछ, साथ, सहयोग र सामूहिक प्रयास तथा समाजका लागि केही गर्नुपर्छ भन्ने भावना भएपछि जस्तोसुकै काम पनि फते गर्न सकिँदो रहेछ । तर, सरकार कहाँ छ र के गर्दै छ ?कसैलाई मेलोमेसो छैन ।

अब त झन के होला र? भद्र सहमतीको समयले पनि डाडाँ काटिसकेको छ अब पुन सहमती हुदा पुन निर्माणको काम फेरी दुई वर्ष पछाडी धकेल्ने हो की भन्ने पिडित नागरिकमा डर भय पैदा भएको छ…

Comment