दुर्गा प्रसाईले गरे माझीको परिवारलाई नगदसहित खाद्य सामाग्री प्रदान — OSNepal

दुर्गा प्रसाईले गरे माझीको परिवारलाई नगदसहित खाद्य सामाग्री प्रदान

LC (KTM) August 31, 2022 0

बनियानी ,१४ भदौ । बिएण्सि अस्पतालका कार्यकारी निर्देशनक तथा एमालेका केन्द्रिय सदस्य दुर्गा प्रसाईले कचनकवल गाउँपालिका -१ फिटिङ् डाडा बस्ने स्वर्गीय बल बहादुर माझीको परिवारलाई नगदसहित खाद्य सामाग्री प्रदान गरेका छ्न ।

यही भदौ ८ गते माझीले झुन्डिएर आत्म हत्या गरेका थिए ।आर्थिक अवस्था कम्जोर रहेका माझीका ५ छोरी र एक ४ बर्षिय छोरा रहेको माझीका ज्वाई अजय कुमार माझीले बताए ।

निर्देशक प्रसाई ले मृतक माझीको घरमा आज खाद्य सामाग्री ६० केजि चामल ,१० केजी दाल ,५ लिटर खाने तेल र नगद २० हजार सहित आफै उपस्थित भएर हस्तान्तरण गरेका हुन ।

कचनकवलमा केहि समय अगाडि पनि ३ किसोरी को परीवारलाई प्रसाईंले नगद सहित खाद्य सामाग्री प्रदान गर्नु भएको थियोे ।माझी परिवारका अनुसार लघुबृतबाट ऋण लिएका ६० बर्षिय बल बहादुर माझीले किन आ त्म ह त्या रोजे खुल्न भने सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर